काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना सातबुँदे माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै माग पूरा नभए कडा र निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
महासंघले आइतबार विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले शिक्षक तथा कर्मचारीका समस्या र मागप्रति अपेक्षित संवेदनशीलता नदेखाएको आरोप लगाएको छ।
सरकारको यही रवैया कायम रहे आन्दोलनमा जान बाध्य हुने जनाउँदै महासंघले आफ्ना मागप्रति गम्भीर हुन सरकार र शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ।


प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार














प्रतिक्रिया