वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पार्टीको आधिकारिक सभापति आफू नै रहेको दाबी गर्दै आगामी महाधिवेशनपछि नयाँ नेतृत्व चयन हुने बताएका छन्।

आइतबार वीरेन्द्रनगरमा आयोजित आफू पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू विश्वस्त रहेको बताएका हुन्।

उनले नेपालको संविधान र पार्टी विधानअनुसार कांग्रेसको आधिकारिकता आफूले नै पाउने जिकिर गरे। यस विषयमा न्यायालयप्रति पूर्ण विश्वास रहेको पनि उनले बताए।

‘कांग्रेसको आधिकारिक सभापति मै हुँ। महाधिवेशनपछि अर्को नयाँ साथी सभापति बन्नुहुन्छ,’ देउवाले भने।

देउवाले अब आफू पार्टी सभापति वा प्रधानमन्त्री कुनै पनि पदमा नदोहरिने स्पष्ट पारे। मुलुकबाट आफूले लिनुपर्ने केही बाँकी नरहेको उल्लेख गर्दै उनले बाँकी जीवन देशका लागि योगदान गरेर बिताउने बताए।

‘अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री नै। यो मुलुकबाट मैले लिनुपर्ने केही पनि छैन, बाँचुन्जेल सकेको दिने हो,’ उनले भने।

प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com