काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।

गृहनगर मेचीनगर नगरपालिका–९ मा नवनिर्मित खानेपानी परियोजनाको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘नागरिकमा धेरै निराशा फैलिएको छ’, उपसभापति शर्माले भने, ‘आवेग, आक्रोश र निराशाले देशलाई दुःखद् अवस्थामा पुर्यायो। जनादेश प्राप्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा रहेको सरकार सफल बन्नुपर्छ।’

नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए। निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै वरिष्ठ उपसभापति शर्माले जनादेश पाएको सरकारलाई सबै दलले सघाउनुपर्ने बताए।

जेनजी विद्रोह हुनुमा तत्कालीन सरकारले गरेको अत्यधिक बल प्रयोग पनि एउटा कारण रहेको उनको विश्लेषण छ। साथै, पुराना दलहरूले सुशासन कायम गर्न नसक्दा र नेतृत्वमा नयाँ अनुहार ल्याउन नसक्दा विद्रोहले मलजल पाएको वरिष्ठ उपसभापति शर्माले दाबी गरे।

प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com