काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको चीन भ्रमणको मिति तोक्न बाँकी रहेको बताएका छन । आज (आइतबार) काठमाडौं–६ का मतदातासँगको भेटघाटका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् ।

उनले भारत भ्रमणपछि चीन भ्रमण गर्नु स्वाभाविक रहेको र उच्चस्तरीय भ्रमणका लागि परराष्ट्र मन्त्रालयले निरन्तर तयारी गरिरहेको भन्दै आजको दिनसम्म तिथि मिति तोकिनसकेको जानकारी दिए ।

‘छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको पनि भ्रमण हुन्छ भन्ने आधारमा समाचार आएका होलान्, ‘तर अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुने भन्ने कुराको टुङ्गो लागिसकेको छैन ।’ यद्यपि, मन्त्री खनालले परराष्ट्र मन्त्रालयले आफ्नो तयारीको काम सधैँ अघि बढाउने बताए ।

‘अहिले ठ्याक्कै यही मिति र समयमा सम्माननीयज्युको चीन भ्रमण हुन्छ भनेर समय अवधि तोकिइसकेको छैन’, मन्त्री खनालको भनाइ छ ।

प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com