काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार अबेर राति सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन्।
सत्ता पक्षकै सांसद्हरूको समेत निशानामा परेपछि प्रधानमन्त्री शाह शुक्रबार राति ११ बजेर ६ मिनेटमा सामाजिक सञ्जालमा झुल्किएका हुन्।
उनले सही समय आउन केही समय लाग्ने पनि उल्लेख गरेका छन्।
उनले लेखेका छन्- ढिला होला तर गलत हुँदैन।
उनले नआत्तिन पनि सर्वसाधारणसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा भावुक देखिएका प्रधानमन्त्री शाहले लेखेका छन्- सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहिँ फरक हुनसक्छ।
उनले कहिलेकाहिँ एक्लै लड्नुपर्ने उल्लेख गर्दै लेखेका छन्- तर यो पहिलोपटक होइन।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया