काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीको प्रेम सम्बन्ध अब सार्वजनिक भएको छ। उनकी प्रेमिका आइसादिव्या कोइरालाले दीपेन्द्रको जन्मदिनमा सँगैको रोमान्टिक तस्बिर पोस्ट गर्दै सम्बन्धलाई सार्वजनिक गरेकी हुन्।एनपीएलको पहिलो सिजनदेखि उनीहरूबीच निकटता बढेको बताइएको छ। आइसादिव्या त्यसबेला दीपेन्द्र कप्तान रहेको सुदूरपश्चिम रोयल्सको स्टाफका रूपमा कार्यरत थिइन्।

केही समयअघि दीपेन्द्रले पनि एक पोडकास्टमा आफू गहिरो सम्बन्धमा रहेको संकेत गरेका थिए। अहिले आइसादिव्याले दीपेन्द्रसँगको तस्बिर पोस्ट गर्दै उनलाई ‘मेरो जीवनको म्यान अफ द म्याच’ भनेकी छन्।

उनीहरूबीच विवाहको तयारीबारे समेत चर्चा चले पनि विवाहको मिति भने तय भइनसकेको बताइएको छ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com