जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–६, नमस्कार चोकस्थित एक गेस्ट हाउसको कोठामा युवती मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार न्यू राजधानी गेस्ट हाउसको कोठामा युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार मृतक युवतीको पहिचान खुल्न बाँकी छ। उनका अनुसार युवती खोटाङको हलेसीकी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनका आफन्त काठमाडौँबाट जनकपुर आएपछि पहिचानसहित घटनाबारे थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार युवती र एक युवक तीन–चार दिनदेखि उक्त गेस्ट हाउसमा सँगै बस्दै आएका थिए। युवक भने घटनाको अघिल्लो दिन गेस्ट हाउसबाट बाहिरिएका थिए। त्यसपछि युवती कोठामै मृत अवस्थामा फेला परेकी हुन्।

घटनाको समयमा कोठाको ढोका भित्रबाट बन्द रहेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति र कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यसैक्रममा प्रहरीले घटनासँग सम्बन्धित रहेको आशंकामा सिरहाका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकसँग सोधपुछ तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com