काठमाडौं । कैलालीमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ९३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका–९ का ९३ वर्षीय बिरे जाग्रीलाई किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जाग्रीले गत २८ साउनमा किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

किशोरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले जाग्रीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार जंगल क्षेत्रमा घटना भइरहेको अवस्थामा किशोरीकी दिदीले देखेपछि घटना भएको जानकारी गराएकी थिइन् । त्यसपछि प्रहरीलाई जानकारी पुगेको हो ।

पक्राउ परेका जाग्रीलाई प्रारम्भिक अनुसन्धान तथा बयान लिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com