पोखरा । बाढी प्रभावितसहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव जमिनमुनि व्यवस्थापन गरिएको छ ।

धादिङ, तनहुँ, गोरखा, पूर्वी नवलपरासीबाट ल्याइएका १ सय २ मध्ये ७६ वटा शव मंगलबार व्यवस्थापन गरिएको कास्की प्रहरीले जनाएको छ । ती शव पोखरा–१६ स्थित सेती नहर छेउको वनमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गरिएको हो ।

१९ वटा शव पहिचान भएर आफन्तलाई जिम्मा लगाइएको र ७ वटा शव पोष्टमार्टम, डीएनए संकलन प्रक्रियाका लागि अस्पतालमै रहेको छ ।

सुरक्षा निकायले पहिचान भएका १९ वटाबाहेक सबै ८३ शव व्यवस्थापन गर्ने तयारी गरेको थियो । तर, पहिचानको क्रममा रहेका, पोष्टमार्टम र डीएनए संकलनको प्रक्रिया नसकिएकाले मंगलबार ७६ वटा शवमात्र व्यवस्थापन गरिएको छ ।

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com