काठमाडौं। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका सञ्जय साह र कबीर महर्जनको १०औँ दिनमा जीवितै उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले अझै आशा जीवित रहेको बताएका छन्।

उद्धारपछि सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले दुई जनाको जीवित उद्धारले ‘आशाको किरण जीवितै राखेको’ उल्लेख गर्दै उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र केन्द्रीय कमान्ड सेन्टरको टोलीलाई धन्यवाद दिएका छन्।

उनले सुरुङ उद्धारमा निरन्तर पहल गर्ने सांसद सागर ढकाल र श्रीराम न्यौपानेको समेत प्रशंसा गरेका छन्।

सुरुङभित्र अझै उद्धार अभियान जारी रहेको गृहमन्त्री गुरुङले जानकारी दिएका छन्।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com