काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा स्ट्राइकर भरत खवास मेजर (सेनानी)पदमा बढुवा भएका छन्।

नेपाली सेनाले क्याप्टेनबाट मेजरमा बढुवा गरेका खवासलाई भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारमा खटिएकै मैदानमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। उद्धार अभियानमा सक्रिय रहेकै बेला उनले सेनानीको फुली लगाएका हुन्।

२०७९ साउनमा क्याप्टेनमा बढुवा भएका ३४ वर्षीय खवास नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका प्रमुख खेलाडीसमेत हुन्। एन्फा एकेडेमीका उत्पादन उनले संकटा, फ्रेन्ड्स, स्पोर्टिङ इलाम मेची र नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए।

खवासले नेपालका लागि विश्वकप छनोट, साफ च्याम्पियनसिप, एएफसी च्यालेन्ज कप छनोट र एएफसी सोलिडारिटी कप लगायतका प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका छन्। उनी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तीनपटक उत्कृष्ट फरवार्डसमेत घोषित भएका थिए।

फुटबल मैदानमा गोलका लागि चर्चित खवास अहिले भने विपद्को मैदानमा उद्धारकर्ताका रूपमा सक्रिय छन्।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com