महोत्तरी । सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको करिब २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल एयरपड्स बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार १ हजार २ सय थान एयरपड्स बरामद गरिएको हो।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नम्बर ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोस्ट खैरवनीको संयुक्त टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती सामान बरामद गरेको हो।

प्रहरीको गस्ती टोलीलाई देखेपछि एयरपड्स ल्याउँदै गरेका व्यक्ति सामान छाडेर फरार भएका थिए।

बरामद एयरपड्स आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको डीएसपी थापाले जानकारी दिए।

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com