काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरेले जापानको नागोयामा आयोजित हिट किक बक्सिङ–५९ विश्व च्याम्पियनसिपमा ऐतिहासिक जित हासिल गरेका छन्।
घिमिरेले फ्रान्सका सन् २०२५ का विश्व च्याम्पियन बक्सर माथन चोइनार्डलाई दोस्रो राउण्डको दोस्रो मिनेटमा नकआउट गर्दै विश्व च्याम्पियन बनेका हुन्।

२९ अन्तर्राष्ट्रिय खेलमा सहभागी घिमिरेले २१ खेल जितेका छन्, जसमा २० खेल नकआउटमार्फत जितेका छन्। जितपछि उनले भोटेकोसी बाढीबाट प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने बताएका छन्। साथै उनले आफ्नो सफलतामा साथ दिने सबैलाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com