काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई सरकारले कहिल्यै एक्लो नछोड्ने बताएका छन्। नुवाकोटको बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएपछि खोज तथा उद्धारमा अझै आशा कायम रहेको उनले बताएका हुन्।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रबाट ज्येष्ठ नागरिकसहित अन्य नागरिकको उद्धार कार्य निरन्तर भइरहेको जनाएका छन्।
प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार












प्रतिक्रिया