काठमाडौं । मोरङका सोमनाथ कट्टेल र उनका भान्जा अनोज धमला रसुवा बाढीमा बेपत्ता भएपछि परिवारले उनीहरूको कुशको शव बनाएर हिन्दू परम्पराअनुसार दाहसंस्कार गरेका छन्।

मानसरोवरतर्फ पर्यटक लिएर जाने क्रममा बाढीमा बेपत्ता भएका २३ वर्षीय अनोजको १० दिनसम्म खोजी गर्दा पनि अवस्था पत्ता लाग्न नसकेपछि शुक्रबार लक्ष्मीमार्गस्थित स्थानीय घाटमा अन्तिम संस्कार गरिएको हो।

यसअघि उनका मामा सोमनाथको पनि बुधबार कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो। छोराको अवस्थाबारे सत्य थाहा पाउँदा आमाबुबालाई थप पीडा हुने भन्दै परिवारले केही दिनसम्म अनोज सुरक्षित रहेको भन्दै उनीहरूलाई सान्त्वना दिँदै आएको थियो।
मिति र स्थान अझ स्पष्ट बनाऊ

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com