काठमाडौं। राष्ट्रिय बाल दिवस मनाइरहँदा रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित हजारौँ बालबालिका सुरक्षित बास, शिक्षा, स्वास्थ्य र खानेपानीबाट वञ्चित भएका छन्। बाढीबाट ३२ विद्यालयका करिब ९ हजार ४ सय बालबालिका प्रभावित भएका छन् भने ४ सय ८८ विद्यार्थी अझै सम्पर्कविहीन छन्।
युनिसेफका अनुसार करिब २२ हजार बालबालिका सुरक्षित खानेपानी र सरसफाइको अभावमा छन्। सरोकारवालाले जोखिममा रहेका बालबालिकाको तत्काल उद्धार, संरक्षण र पुनःस्थापनामा सरकारको ध्यान जानुपर्ने बताएका छन्।
प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार












प्रतिक्रिया