काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा भोटेकोशी बाढीमा मृत्यु भएका र पहिचान हुन नसकेका ६५ शवको वैज्ञानिक विधिबाट व्यवस्थापन गरिएको छ। रसुवाबाट ६३ र नुवाकोटबाट २ शव ल्याइएको हो।
शवको डीएनए नमुना संकलन गरी संकेत नम्बर र जीपीएस नक्सांकनसहित व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। भविष्यमा पहिचान खुलेमा परिवारलाई शव हस्तान्तरण गर्न सकिने जनाइएको छ।
प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार












प्रतिक्रिया