काठमाडौं । नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र माइक्रोनेसियाका स्थायी प्रतिनिधि जीम एस लिप्पवेले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेसँगै दुई देशबीच औपचारिक सम्बन्ध कायम भएको हो।

यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने देशको संख्या १८५ पुगेको छ।

हस्ताक्षरपछि दुवै पक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा साझा चासोका विषयमा सहकार्य र सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देश जी–७७ र चीन समूहका सदस्यसमेत हुन्।

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com