सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा ईभी कार भारतीय ट्यांकरमा ठोक्किँदा चार जना घाइते भएका छन्। दुर्घटना बुधबार बिहान करिब पौने ६ बजे भएको हो।

प्रहरीका अनुसार काठमाडौँबाट झापातर्फ जाँदै गरेको बा.प्र.०३५ च ३३१७ नम्बरको ईभी कार सडक किनारमा रोकिराखिएको डब्लुबी ११ एफ १७९५ नम्बरको भारतीय ट्यांकरमा ठोक्किएको हो।

दुर्घटनामा कार चालक धादिङका २१ वर्षीय मनोज श्रेष्ठसहित सुनसरीका ओशिम खान, मोहन कविरथ र झापाका पवन राई घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बाक्लो हुस्सुका कारण अगाडिको दृश्य स्पष्ट नदेखिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com