काठमाडौं। भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि हिमालय एयरलाइन्सका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १३ लाख २० हजार ६६६ सहयोग गरेका छन्।
एयरलाइन्सका कर्मचारीहरूले स्वेच्छिक रूपमा रु १४ लाख ७० हजार ६६६ सङ्कलन गरेका थिए। त्यसमध्ये १० प्रतिशत रकम विपद्बाट प्रभावित कर्मचारीका परिवारलाई उपलब्ध गराइएको छ भने बाँकी रकम राहत तथा पुनःस्थापनाका लागि कोषमा जम्मा गरिएको हो।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया