काठमाडौं। कृष्णभीरको सडक खुलेसँगै काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य घटेको छ। नेपाल एलपी ग्यास उद्योग संघले अब प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन उद्योगी तथा विक्रेतालाई आग्रह गरेको छ।
यसअघि वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा थपिएको रु १०५ रुपैयाँ ३८ पैसा खर्च हटाइएको हो। सडक सञ्चालनमा आएसँगै ग्यासका बुलेटहरू नियमित रूपमा काठमाडौं आउन थालेपछि पुरानै मूल्यमा बिक्री गर्न संघले निर्देशन दिएको छ।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया