काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले जेनजी उमेर समूहका सांसदहरूसँग शुक्रबार विशेष अन्तरक्रिया सुरु गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी सांसदहरूसँग प्रधानमन्त्री शाहले विभिन्न समसामयिक विषयमा छलफल गरिरहेका छन् ।

छलफलमा नवीनतम प्रविधिको प्रयोग, डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाका विषयमा केन्द्रित रहेर विचार–विमर्श भइरहेको छ ।

त्यसैगरी वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकास हासिल गर्ने विषय पनि छलफलको एजेन्डामा रहेको छ ।

प्रधानमन्त्री शाहले जेनजी पुस्ताका सांसदहरूसँग विभिन्न क्षेत्रका नीति तथा प्राथमिकताबारे सुझाव र धारणा लिन अन्तरक्रिया आयोजना गरेका हुन् ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com