काठमाडौं । काठमाडौँको जडीबुटीमा ट्याङ्करको ठक्करबाट नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ ।
शुक्रबार भक्तपुरतर्फ जाँदै गरेको बा.९३ प ७६७८ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको इन्धन ट्याङ्करले पछाडिबाट ठक्कर दिँदा ३९ वर्षीया कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार कार्कीका श्रीमान् देवराज कँडेल घाइते भएका छन् । काभ्रेको तेमाल गाउँपालिका–४ घर भएका कँडेलको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतक कार्की दोलखाबाट नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि थिइन् ।
दुर्घटनापछि कार्कीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार











प्रतिक्रिया