काठमाडौं । राजनीति विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल पक्राउ परेका छन्।
दाहाललाई मोरङको बेलबारीस्थित प्रहरीले पक्राउ गरेको हो। राजनीतिक छलफलका लागि असोज २ गते मोरङ पुगेका उनलाई सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ गरिएको जनाइएको छ।
पक्राउपछि दाहाललाई विराटनगर लगिएको छ। प्रहरीले उनलाई आजै काठमाडौँ ल्याउने तयारी गरेको जनाएको छ।
दाहालले पछिल्लो समय सत्ता तथा शासन व्यवस्थाका विभिन्न पक्षमाथि आलोचनात्मक धारणा राख्दै आएको त्रिमूल नेपालले जनाएको छ।
दाहालको पक्राउलाई लिएर त्रिमूल नेपालले आपत्ति जनाएको छ। संगठनले उनको पक्राउलाई वर्तमान शासन व्यवस्थाको चरित्रसँग जोड्दै आलोचना गरेको छ।
प्रहरीले भने दाहाललाई पक्राउ गर्नुको कारण र उनीविरुद्धको कानुनी प्रक्रियाबारे थप विवरण सार्वजनिक गरिसकेको छैन।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया