काठमाडौ । पाल्पाको तानसेन नगरपालिका–८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएकी पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनुसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हो। अन्य पाँच घाइतेको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया