काठमाडौं । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने र असोज ७ गतेतिर ओडिशा–आन्ध्र प्रदेशको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गर्ने सम्भावना रहेको छ।
यस प्रणालीको प्रभावले नेपालमा वर्षा हुन सक्ने भए पनि अहिले नै देशभर भीषण वर्षा हुने वा ठूलो क्षति हुने यकिन गर्न नसकिने मौसमविद्हरूले बताएका छन्। मौसम विज्ञान विभागले प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाउँदै सर्वसाधारणलाई अपुष्ट सूचनाभन्दा आधिकारिक मौसम पूर्वानुमानमा विश्वास गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया