काठमाडौं । गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा पुरिएर भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उनका गाइड फुर्सेम्बा शेर्पाको मृत्यु भएको छ।
मकालु एड्भेन्चरमार्फत आरोहणमा गएका उनीहरू क्याम्प–३ मा बसेका बेला हिमपहिरोमा परेका हुन्। दुवैको शव हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ। यसअघि पनि मनास्लु आरोहणका क्रममा दुई आरोहीको मृत्यु भएको थियो।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया