काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका सबै व्यक्तिलाई अनिवार्य रूपमा हतकडी नलगाउन प्रहरीलाई अन्तरिम आदेश दिएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। अदालतले पक्राउ परेका व्यक्तिको भाग्ने जोखिम, हिंसात्मक व्यवहार तथा आफू वा अन्यलाई क्षति पुर्याउन सक्ने सम्भावनाको वस्तुनिष्ठ मूल्याङ्कन गर्नुपर्ने जनाएको छ। अपरिहार्य अवस्था देखिएमा मात्र अभिलेख राखेर हतकडी प्रयोग गर्न सकिने आदेशमा उल्लेख छ।
प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार












प्रतिक्रिया