काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको हो । चाँदी मूल्य प्रतितोला चार हजार ८१५ कायम भएको छ ।
प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार












प्रतिक्रिया