काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३५ ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको केरला घर भएका ४२ वर्षीय मोहम्मद चेरा थोडी रहेका छन्। उनी बुधबार राति संयुक्त अरब इमिरेट्स (यूएई) बाट काठमाडौं आएका थिए।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार थोडीको साथबाट ५३५ ग्राम सुन बरामद भएको हो।
प्रहरीका अनुसार थोडीले भित्री वस्त्रमा प्लास्टिकले बेरेर सुन लुकाएर ल्याएका थिए। विमानस्थलमा जाँच गर्ने क्रममा उक्त सुन फेला परेको प्रहरीले जनाएको छ।
बरामद सुनसहित पक्राउ परेका थोडीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसपी सिलवालले जानकारी दिए।
प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया