काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ। बुधबार राति करिब १० बजे प्रहरीले पोखरीबाट शव निकालेको हो।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार मृतक करिब ३५ देखि ४० वर्ष उमेरका देखिन्छन्। उनको पहिचान खुल्न सकेको छैन।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती पुरुषले पोखरीमा हाम फालेको आशङ्का गरिएको छ। उनले लगाएको ज्याकेट पोखरीको किनारमा फेला परेको बताइएको छ।

शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This