काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने ललितपुर जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ।

अधिकारीद्वारा दायर निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बेरीतको नदेखिएको भन्दै यसलाई परिवर्तन गर्नुनपर्ने ठहर गरेको हो।

एक पुरुषलाई हनी ट्र्यापमा पारी आर्थिक लाभ लिएको आरोप लागेपछि आपराधिक लाभसम्बन्धी मुद्दामा जिल्ला अदालतले अधिकारीलाई थुनामा पठाएको थियो। सो आदेश बदर गरी आफूलाई थुनामुक्त गर्न माग गर्दै उनले उच्च अदालतमा निवेदन दिएकी थिइन्।

अधिकारीविरुद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ। उनलाई सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३ र ८ बमोजिम आपराधिक लाभ (एक्सटर्सन) लिएको, हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत र स्थान परिवर्तन गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ विपरीतको कसूर गरेको अभियोग लगाइएको छ। अभियोगपत्रमा पीडितलाई क्षतिपूर्ति भराउँदै कानुनबमोजिम कडा सजायको माग गरिएको छ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com