काठमाडौं। लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार बिहीबार रातिदेखि परेको वर्षाले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल सञ्चालन गर्न अयोग्य बनेपछि खेल रद्द गरिएको हो।
खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
शनिबारको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका छ। उक्त खेल अपराह्न ५ बजेदेखि सुरु हुने तय भए पनि वर्षाका कारण प्रभावित हुन सक्ने सम्भावना छ।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया