काठमाडौं । अमेरिकाको फ्लोरिडामा एक व्यावसायिक जेट दुर्घटना हुँदा विमानमा रहेका सबै नौ जनाको मृत्यु भएको छ।

एएफपीका अनुसार आइतबार टेक्सासबाट बहामास जाँदै गरेको विमान दुर्घटना भएको हो।

विमान सडकनजिकै जमिनमा खस्दा ठुलो विस्फोट भएको थियो। आगो वरपरका क्षेत्रमा समेत फैलिएको थियो।

दुर्घटनास्थल राष्ट्रपति डोनाल्ड ट्रम्पको मार-ए-लागो निवासबाट लगभग १४ किलोमिटर टाढा हो।

अमेरिकाका यातायात मन्त्री सन डफीले विमान आइतबार दिउँसो १२:५० बजे दुर्घटना भएको बताए।

उड्डयन उद्योग वेबसाइट एभिएसन इन्टरनेसनल न्युजका अनुसार दुर्घटना भएको विमान २००४ मा निर्माण गरिएको थियो, जसअनुसार विमान लगभग २२ वर्ष पुरानो थियो।

दुर्घटनाका बेला त्यस क्षेत्रमा भारी वर्षाका साथै आँधीबेहरी पनि आएको थियो। यद्यपि दुर्घटनाको कारण खराब मौसम हो भनेर अहिलेसम्म प्रमाणित भएको छैन।

केही प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा विमान दुर्घटना हुनुअघि बिजुलीको लाइनमा ठोकिएको दाबी गरेका छन्। अधिकारीहरूले यो दाबी पुष्टि गरेका छैनन्।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com