काठमाडौ  ।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलास्थित मध्यपहाडी लोकमार्गमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सोमबार बिहान खलङ्गाबाट सिम्ली जाँदै गरेको जिप र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक गोविन्द विक र पछाडि सवार काशीराम विक घाइते भएका थिए।

घाइते काशीरामको चौरजहारीस्थित मिसन अस्पतालमा उपचारका क्रममा दिउँसो १:४५ बजे मृत्यु भएको हो। मोटरसाइकल चालक गोविन्दको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले जिप चालक महेश भण्डारीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com