रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ निवासी ७२ वर्षीय पद्मबहादुर कार्की चार दिनदेखि सम्पर्कविहीन भएका छन्। परिवारले उनको खोजी कार्यमा सहयोग गरिदिन सबैसँग अपिल गरेको छ।

परिवारका अनुसार कार्की २०८३ कात्तिक ९ गते बिहान करिब ४:१५ बजे गुल्मी जान्छु भन्दै घरबाट निस्किएका थिए। सोही दिन बिहान करिब ११ बजे सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन बन्द रहेको र त्यसयता कुनै सम्पर्क हुन सकेको छैन।

करिब १६० सेन्टिमिटर उचाइ र गहुँगोरो वर्णका कार्की घरबाट निस्कँदा कालो पाइन्ट, सेतो टी–सर्ट, अस्कोट र टोपी लगाएका थिए।

उनलाई कतै देख्नुभएको वा उनको अवस्थाबारे कुनै जानकारी पाउनुभएको छ भने छोरा कुशल कार्कीलाई ९८६७१०१२६८ वा ९८४२९२४८१७ मा अथवा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी जानकारी गराइदिन  परिवारले अनुरोध गरेको छ।

 

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com