काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध अदालत जाने तयारी गरेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले रिक्त पदमा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ ।
सरकारको निर्णय सार्वजनिक भएलगत्तै कार्कीले आफूनिकट व्यक्तिहरूसँग कानुनी उपचार खोज्ने बताएका हुन् ।
‘सरकारले पहिलेदेखि अप्ठ्यारो पारिरहेको थियो । म कानुनी लडाइँमा जान्छु,’ कार्कीको भनाइ उद्धृत गर्दै उनीनिकट व्यक्तिहरूले बताएका छन् ।
कार्कीले मन्त्रिपरिषद्को निर्णयलाई अदालतमा चुनौती दिने र त्यसविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार















प्रतिक्रिया