काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन् ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर नयाँ प्रहरी प्रमुख नियुक्त गरिएको घटनाबारे टिप्पणी गर्दै साम्पाङले यसले प्रहरी संगठनको मनोबलमा पार्ने प्रभावबारे प्रश्न गरेका हुन् ।
उनले नयाँ आईजीपी नियुक्तिमा बिचौलियाको भूमिका रहे–नरहेको विषयमा समेत चासो व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आईजीको नियुक्तिमा बिचौलियाले काम गर्यो कि गरेन ?’
सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको छ ।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया