काठमाडौं । विभिन्न उच्चपदस्थ व्यक्ति तथा निकायसँग सम्पर्क देखिएको भनिएका ईनम सापकोटाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । काठमाडौं प्रहरी परिसरले अनुसन्धान पूरा भएपछि प्रकरणसँग जोडिएका सबै तथ्य सार्वजनिक गर्ने जनाएको छ ।

काठमाडौं प्रहरीको हिरासतमा रहेका सापकोटाको सम्पर्क सर्वोच्च अदालतका न्यायाधीश, प्रधानमन्त्रीको सचिवालय तथा प्रहरीका उच्च अधिकारीहरूसँग देखिएको विवरण सार्वजनिक भएका छन् । प्रहरीसँगको सोधपुछका क्रममा उनले बोलेका भनिएका अडियो सामग्रीसमेत बाहिरिएका छन् ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्पर्क देखिएपछि पक्राउ परेका सापकोटामाथि भइरहेको अनुसन्धानबारे काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले जानकारी दिएका हुन् ।

शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले सापकोटासँग जोडिएका विषयमा अनुसन्धान भइरहेको बताए ।

उनले अनुसन्धानकै क्रममा रहेका विषयमा अहिले नै प्रहरीको आधिकारिक धारणा सार्वजनिक गर्न नमिल्ने स्पष्ट पारे ।

‘अनुसन्धान सकिएपछि देखिएका सबै विषय सार्वजनिक गर्छौं,’ घिमिरेले भने ।

सापकोटासँग सम्बन्धित अडियो सामग्री कसरी बाहिरिए र त्यसमा उल्लेख भएका विषय के हुन् भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रहरीले अनुसन्धान पूरा भएपछि मात्रै प्रकरणसँग सम्बन्धित तथ्य र विवरण सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com