काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले ३९ जिल्लामा समानान्तर जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ सभापतिहरू चयन गरेको छ ।

देउवा पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयका अनुसार हालसम्म ३९ जिल्लामा अधिवेशन सम्पन्न भई नयाँ जिल्ला कार्यसमिति चयन भएका हुन् ।

समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअघि कात्तिक मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अधिवेशनबाट चयन भएका ३९ जिल्लाका सभापतिहरूको सूची यस्तो छ :

नवनिर्वाचित जिल्ला सभापतिहरू

क्र.सं. जिल्ला सभापति
१ ताप्लेजुङ अमरबहादुर सेन्दाङ
२ झापा कृष्ण हुमागाईं
३ सङ्खुवासभा रामकुमार जिमी
४ भोजपुर धर्मराज राई
५ खोटाङ रोजेन राई
६ धनुषा कोमलकान्त झा
७ बारा राजेशराय यादव
८ सिन्धुपाल्चोक बालकृष्ण बस्नेत
९ चितवन मिलनबाबु श्रेष्ठ
१० कास्की ऋषिराम काफ्ले
११ पर्वत यमबहादुर मल्ल (रामकृष्ण)
१२ स्याङ्जा इन्द्रबहादुर गोदार
१३ म्याग्दी हिराबहादुर पुन
१४ कपिलवस्तु राजेश सिंह
१५ अर्घाखाँची बाबुराम पौडेल
१६ रोल्पा मानबहादुर खत्री
१७ प्युठान देवेन्द्र बर्मा
१८ दाङ गोपालराज शर्मा
१९ रुकुम पश्चिम नन्दबहादुर विष्ट
२० सल्यान दीपक चन्द
२१ जुम्ला नेत्रकला शाही
२२ मुगु तिलक मल्ल
२३ हुम्ला सूर्यबहादुर शाही
२४ कालिकोट नगेन्द्र विष्ट
२५ दैलेख दिनेशकुमार हमाल
२६ डोटी बाजिसिंह खड्का
२७ दार्चुला सुरेन्द्रराज अवस्थी
२८ बैतडी वीरबहादुर विष्ट
२९ बझाङ हर्कजंगबहादुर सिंह
३० उदयपुर वसन्तकुमार बस्नेत
३१ रसुवा उपेन्द्र लम्साल
३२ बाँके प्रमोद श्रेष्ठ
३३ जाजरकोट रामजंग शाह
३४ डडेलधुरा डिल्लीराम जोशी
३५ बाजुरा धनराज पण्डित
३६ काभ्रेपलाञ्चोक रमेशप्रसाद हुमागाईं
३७ गुल्मी वेदबहादुर थापामगर
३८ बर्दिया जग्गाप्रसाद पाण्डे
३९ ओखलढुंगा डेकराज भट्टराई

प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com