काठमाडौं । पोखरामा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको दुर्घटनामा म्याग्दीका २१ वर्षीय विवेक दर्जी र २६ वर्षीय मोहन परियारको ज्यान गएको हो।
पोखरा महानगरपालिका–५ जिरो किलो नजिक दिउँसो करिब २ बजे लु ३ च ५२७४ नम्बरको रोकिराखेको बोलेरो जिपमा ग २३ प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किएको थियो।
दुर्घटनामा स्कुटरमा सवार मंगला गाउँपालिका–९ दारुङका विवेक र रघुगंगा गाउँपालिका–३ का मोहन गम्भीर घाइते भएका थिए। उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न स्कुटर र बोलेरो जिपसहित जिप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया