काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएको व्यक्तिगत सम्बन्धको विवाद सेलाउन नपाउँदै कम्पनीका अर्का वरिष्ठ अधिकारी पनि यस्तै प्रकरणमा मुछिएका छन्।
कम्पनीका बिक्री प्रमुख जय पुरीले चीनमा चिप तस्करीको आरोप लागेको कम्पनी सुपर माइक्रो कम्प्युटरकी वरिष्ठ अधिकारी सेन्ली चेनसँग विवाह गरेको खुलासा भएको छ।
‘द वाल स्ट्रिट जर्नल’का अनुसार पुरी र चेनबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो। उनीहरूले यसै वर्ष मार्च ७ मा अमेरिकाको क्यालिफोर्नियास्थित बिग सुरमा विवाह गरेका हुन्।
सुपर माइक्रोका अधिकारीहरूमाथि चीनमा चिप तस्करी गरेको आरोप लागिरहेका बेला यो सम्बन्ध सार्वजनिक भएपछि एनभिडियाका उच्च अधिकारी र ग्राहक कम्पनीबीचको व्यावसायिक सम्बन्ध तथा सम्भावित स्वार्थको द्वन्द्वबारे प्रश्न उठेका छन्।
यसअघि एनभिडियाका सीईओ जेन्सेन हुआङको पनि चिनियाँ महिला एलिस हुआङसँगको सम्बन्धबारे समाचार सार्वजनिक भएको थियो।
प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया