काठमाडौं । नेकपाका सहसंयोजक माधव नेपालले राष्ट्रियता संकटमा रहेको बताएका छन्।

नेकपाको उपत्यका प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै विदेशी शक्तिहरूले नेपालमा वक्र दृष्टि लगाइरहेका दाबी गरे।

उनले भने, ‘यसप्रति हाम्रो पार्टी र हाम्रो पार्टीका कार्यकर्ताहरू सबैभन्दा पहिले अत्यन्तै सजग हुनुपर्ने आवश्यकता छ। उनीहरूले जनतामा यो सन्देश सम्प्रेषण गर्नुपर्छ नेपालको भूमिमा कसैले पनि वक्र दृष्टि नलगाओस्। नेपालको भूमिलाई छिमेकीहरूका विरुद्धमा र आफ्नो सैन्य गतिविधि गर्ने अखडाको रूपमा प्रयोग गर्ने काम कसैले नगरोस्।’

नेपालको विभिन्न साधन स्रोतको प्रयोग गर्ने सन्दर्भमा पनि कुनै विवाद हुने स्थितिमा नेपाल पर्न नहुने बताए।

उनले थपे, ‘असंलग्न परराष्ट्र नीतिले हाम्रो भूगोलले पनि, भूराजनीतिक परिवेशले पनि हामीलाई निर्देशित गरेको छ। यस अर्थमा पनि हामी चाहन्छौँ, हाम्रा दुइटै छिमेकीसँगको सम्बन्ध अत्यन्तै सुमधुर होस्। हामी चाहन्छौँ, संसारका सबै राष्ट्रहरूसितको सम्बन्ध सुमधुर होस्। हाम्रा सबै मित्र बनुन्। हामी कसैसँग शत्रुता चाहँदैनौँ। हामीलाई शत्रुता गर्नुपर्ने पनि छैन।’

प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com