काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गर्न लागेको आरोपमा काठमाडौंको टुकुचास्थित खसी बजारबाट आठ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार बिहान करिब ४ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूले बाख्री तथा पाठीको करिब ५६७ किलो मासु दुईवटा सवारीसाधनमा लोड गरिरहेका थिए ।
पक्राउ पर्नेमा दिलबहादुर मोक्तान, करण बानियाँ, मनोज थापा, सनम तामाङ, राजु लामा, टेकबहादुर तामाङ, निखिल उप्रेती र दिनेश महत रहेका छन् ।
प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार













प्रतिक्रिया