काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबार दिँदै आएको साप्ताहिक बिदा खारेज गर्ने निर्णय गरेको छ।
शनिबार बसेको गाउँपालिकाको बैठकले आइतबार दिइँदै आएको सार्वजनिक बिदा खारेज गरी नियमित रूपमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।
गाउँपालिकाको निर्णयसँगै अबदेखि आइतबार पनि गाउँपालिकाअन्तर्गतका कार्यालयहरू नियमित रूपमा सञ्चालन हुनेछन्। यसअघि गाउँपालिकाले सरकारको निर्णय अनुसार आइतबार पनि बिदा दिँदै आएको थियो।
प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार














प्रतिक्रिया