काठमाडौं । नेकपा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई पार्टीले विश्वासको मत नदिने बताएका छन्।
एमाले जिम्मेवार प्रतिपक्ष भूमिकामा बस्ने उनले बताए।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।
एमाले प्रमुख प्रतिपक्षमा बस्ने संघीय संसद सचिवालयलाई जानकारी गराइसकिएको एमाले निकटस्रोतले बताएको छ।
प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार













प्रतिक्रिया