काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको छ।

नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्न लागेको हो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने छ।

नेपाल आयल निगमलाई मङ्गलवार भारतीय आयल निगमबाट प्राप्त १५ दिनको मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ७ रुपैयाँले बढेर प्राप्त भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा साढे ८ रुपैयाँले बढेर आएको निगमले जनाएको छ ।
निगमका अनुसार असार ३१ गतेबाट लागू भएको स्वचालित मूल्य प्रणालीअनुसार नै मङ्गलवार नै इन्धनको मूल्य समायोजन हुनेछ । निगमको परल मूल्यमा सो मूल्यमा भ्याट हिसाब गरेर पेट्रोल र डिजेल तथा मट्टीतेलमा निगमले स्वचालित मूल्य प्रणालीअनुसार मङ्गलवार नै मूल्य तोक्ने तयारी गरिएको छ ।

जसअनुसार डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँ हाराहारीले महँगो हुनेछ ।

प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com