बझाङ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका प्रधानमन्त्रीले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् ।
उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताए ।
प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार












प्रतिक्रिया