काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ।
दुई टोलीबीचको खेल हाङ्झाउस्थित झेजियाङ विश्वविद्यालय एवं टेक्नोलोजी क्रिकेट फिल्डमा दिउँसो पौने १२ बजे शुरु हुनेछ।
शुक्रबार भएको सेमिफाइनलमा भारत बङ्गलादेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो भने अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले हराउँदै भारतसँगको भेट पक्का गरेको हो।
त्यसअघि कास्य पदकका लागि लागि पाकिस्तान र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बिहान पौने ७ बजे सोही मैदानमा हुँदैछ।
प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार
प्रतिक्रिया