काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउन नसकिएको बताएका छन् । शीतल निवासमा आइतबार मूलधारका सीमित सम्पादकसँग पौडेलले जनतालाई राष्ट्रपतिको पदको सीमाबारे बुझाउन आवश्यक रहेको बताए ।

पौडेलले भने, ‘संविधानले राष्ट्रपतिको सीमा तोकेको छ । सरकारको निर्णय कार्यान्वयन गर्दा राष्ट्रपति संस्थालाई विवाद र आलोचनाको शिकार बनाइयो । गणतन्त्रको संस्थागत विकासको लागि राम्रो होइन तर, राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउन आवश्यक छ । राजाले गल्ती गर्दैनन् भन्ने परम्परागत मान्यता अझै रहेको छ ।’

advertisement

पौडेलले आफू राजाजस्तो बन्ने पक्षमा नरहेको समेत प्रस्ट पारे ।
उनले भने, ‘मैले भन्दै आएको छु र फेरि पनि भन्छु मलाई राजाजस्तो बस्नु छैन र म राजाजस्तो बन्दिनँ तर आफ्नो संवैधानिक कर्तव्य र नैतिक दायित्व पालनाका सन्दर्भमा विवेक प्रयोग गर्छु । मैले गठबन्धनका नेताहरूलाई र प्रधानमन्त्रीलाई पनि एक ठाउँमा राखेर भनेको छु कि मबाट टेकन फर ग्रान्टेट लिन नखोज्नुस् । म संविधान र जनताको चाहना विपरीत कुनै सिफारिस लिएर नआउनुस् ।’

पौडेलले आफू राष्ट्रपति भएपछि सकेसम्म जनतालाई दुस्ख नहोस् भन्नेमा सचेत रहेको बताए । तर, सरकारका कतिपय सिफारिस कार्यान्वयन गर्ने संवैधानिक दायित्व पूरा गर्दा विवाद आएकोमा दुस्ख व्यक्त गरे ।

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com